NZNS 25th Anniversary

NZNS 25th Anniversary

न्युजिल्याण्ड नेपाल सोसाइटीले २५ जुलाई २०२० मा अकल्याण्डमा आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव मनाएको छ । श्री जोग प्रसाद लिम्बूको अध्यक्षता र सर एडमन्ड हिलारीको संरक्षणमा इस्वी १९९५ मा स्थापित सबैभन्दा पुरानो नेपाली क्रियाशील संस्था हो न्युजिल्याण्ड नेपाल सोसाइटी । कार्यक्रमका मुख्य अतिथि अकल्याण्डका मेयर फिल गोफले रजत महोत्सव समारोहको उद्घाटन गर्नु भएको थियो । उहाँले न्युजिल्याण्डमा नेपाली संस्कृति र भाषालाई जीवन्त राख्न गरेको प्रयासको सराहना गर्नुभयो । तेञ्जिङ र एडमण्डले सगरमाथा आरोहण गरेकाले मात्रै भन्दा पनि त्यस पश्चात एडमण्डले नेपाल र नेपालीसँग कायम राखेको निकटताले नेपाल र नेपालीबीच पृथक एवं आत्मीय सम्बन्ध रहेको बताउनु भयो ।

News kinks

https://www.onlinekhabar.com/2020/07/885773
https://mntvonline.com/australia-largest-nepali-news-portal/30176/
http://www.nepalitimes.com.au/nrn/18645/

Copyright @ 2015 New Zealand Nepal Society Inc. Auckland New Zealand